भ्रातृ संगठनहरुको अधिवेशन सकेर पार्टीको महाधिवेशनमा जुट्न डा.कोइरालाको आग्रह

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रातृ संगठनहरुको अधिवेशन समयमै सम्पन्न गरेर पार्टीको महाधिवेशन गर्न दबाब बढाउन आग्रह गरेका छन् । 

आइतबार बिहान नेपाल दलित संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष एवं सदस्यहरुलाई बधाई दिँदै भ्रातृ संगठनहरुको अधिवेशन तत्काल गरेर समयमै पार्टीको महाधिवेशन गराउन दबाब बढाउन आग्रह गरेका हुन् । 

‘पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैलीका कारण तोकिएको समयमा पार्टीको १५औँ महाधिवेशन हुनेमा शंका पैदा भएको छ । तर भ्रातृ संगठनहरुले आफ्नो अधिवेशनहरु समयमै सम्पन्न गरेर पार्टी नेतृत्वलाई दबाब बढाउनुपर्छ । यसका लागि सबैजना एकजुट भएर लाग्नुहोला,’डा.कोइरालाले भने । 

त्यस्तै उनले आगामी निर्वाचनमा कांग्रेसले कुनै राजनीतिक दलहरुसँग गठबन्धन नगरी चुनाव लड्ने भएकाले सबै कार्यकर्ताहरुले गाउँ गाउँमा पुगेर सोहीअनुसारको तयारी थाल्न पनि आग्रह गरे । 

बिहानको भेटमा केन्द्रीय सदस्य गोविन्दराज पोख्रेल, संघीय सांसद राजेन्द्र बजगाँई, रसुवाका पूर्व पार्टी सभापति बालचन्द्र पौडेल, सिन्धुपाल्चोकका पूर्वसभापति भूपेन्द्र थापा, दलित संघ केन्द्रीय अध्यक्ष लोकबहादुर विक लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?