इजरायली धम्कीपछि इरानका तेलमन्त्रीद्वारा प्रमुख स्थलको भ्रमण

लोकपथ
0
Shares

तेहरान ।  इरानका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार खार्ग टापूमा रहेको एउटा तेल सुविधाको भ्रमण गरेका छन्  । 

इरानले मंगलबार आफ्नो क्षेत्रमा गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ तयार गरिरहेको इजरायलको घोषणापछि पाकनेजादले भ्रमण गरेका हुन् । खाडीमा अवस्थित खार्ग टापू इरानको सबैभन्दा ठुलो कच्चा तेल निर्यात टर्मिनल भएको स्थान हो । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इरानका तेल सुविधाहरूमा सम्भावित आक्रमणबारे इजरायलसँग ‘छलफल गरिरहेको’ बताएका थिए । उक्त भनाइपछि तेलको मूल्य बढेको थियो । 

तर शुक्रबार बाइडेनले इजरायललाई इरानका तेल सुविधाहरूमा आक्रमण नगर्न बरु ‘अन्य विकल्प’ खोज्न आग्रह गरेका थिए । 

इजरायली धम्कीपछि इरानका विदेश मन्त्री अब्बास अराघचीले शनिबार इजरायलले इरानमाथि आक्रमण गरे ‘इरानबाट समानुपातिक र समान प्रतिक्रिया हुने र अझ बलियो’ हुने चेतावनी दिएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?