हेटौँडा । मकवानपुरका गाउँ गाउँमा दसैँ आएपछि माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै गएको छ । एक दशक अघिसम्म मकवानपुरको गाउँ गाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो । तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजारबाट ल्याइएका रंगको प्रयोग गर्न थालिएको छ ।
दसैँको घटस्थापना सुरु भएदेखिनै कु पहराभित्रको कमेरोले घर रंग्याउने भन्ने चिन्ता हुन्थ्यो । सबै भन्दा राम्रो रातोमाटो कुन ठाउँमा पाइन्छ भनेर खोजेर ल्याएर रंग्याउने गरिएको भए पनि अहिले भने त्यो चलन हराउँदै गएको मकवानपुरगढी ५ का वृद्धा उसाकला सापकोटा बताउँछिन् ।
‘कहाँ माटो, कहाँ कमेरो खोज्ने अनि लगाउने मान्छे नै छैनन् । घरको अनि हाम्रो उमेर बढ्दै गएपछि एक–अर्कालाई हेरेर बसेका छौँ ।’ घरअघि थुचुक्क बसेकी गौरी पुरानो घर नियाल्दै उनी भन्छिन्, ‘उहिलेको दसैँ त घर लिपपोत थालेको दिनबाटै सुरु हुन्थ्यो । अबको दसैँ त छोराछोरी आउलान् अनि लाग्ने त होला ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया