करेन्ट लगाएर माछा मार्दा गयो ज्यान

लोकपथ
63
Shares

झापा । झापाको मेचीनगर नगरपालिका–८ स्थित राजपैनीमा करेन्ट लगाएर माछा मार्ने क्रममा १ जनाको मृत्यु भएको छ ।

असोज २० गते बिहान स्थानीय ३८ वर्षीय राम कुमार गिरीले घर नजिकै रहेको पैनी (खेतबारीमा पानी लगाउन बनाइने ठुलो कुलो) मा विद्युतीय तारबाट करेन्ट सप्लाई गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए ।

तत्काल उनको उपचारका लागि बीएण्डसी मेडिकल कलेज बिर्तामोड लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?