ज्योति विकास बैंक र भेनस अस्पतालबीच सम्झौता

लोकपथ
35
Shares

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको बानेश्वरमा अवस्थित भेनस अस्पतालसँग सम्झौता गरेको छ ।अस्पतालले प्रदान गर्दै आएको सेवाहरुमा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको हो ।

यस सम्झौताअनुसार बैंकका ग्राहकहरूले सो अस्पतालमा अस्पतालको बेड शुल्क, इन-हाउस परीक्षणहरूको डायग्नोस्टिक जस्ता विभिन्न सेवाहरूमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउन सक्ने बैंकले जनाएको छ ।

बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?