काठमाडौं । श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई पाँच महिनापछि प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का जीतबहादुर भनिने ६० वर्षीय काले तामाङलाई आइतबार भक्तपुरको छालिङबाट पक्राउ गरेको हो ।
उनीमाथि २०८१ साल बैशाख १९ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भई काठमाडौं दक्षिणकाली नगरपालिका–६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पालाई उनकै डेरा कोठामा हत्या गरेको अभियोग छ । शेर्पाको शव कोठामा भेटिएपछि अनुसन्धान गर्दै जाँदा काले तामाङको संलग्नता देखिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जीसीका अनुसार उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया