दसैँमा खानपानमा लापरबाही गर्दा फूड पोइजनिङ भयो ? यस्तो छ घरेलु उपचार

लोकपथ
350
Shares

काठमाडौं । चाडबाडको समयमा पारिवारिक जमघट त हो नि भनेर जथाभाबी खाँदा र आवश्यक भन्दा बढी खाँदा यो बेला धेरै मानिस बिरामी पर्छन् ।

अझ कतिपयले त यो दसैँमा खाने हो भनेर महिनौँदेखि खानेकुरा जोहो गरेर राखेका हुन्छन् । जसको कारणले विभिन्न समस्याहरु निम्तिने गर्दछ । यस्ता खानेकुराबाट फूड पोइजनिङको जोखिम उच्च हुने गरेको छ ।

खानामा हुने संक्रमणलाई फुड पोइजनिङ भनिन्छ । गर्मी मौसममा फूड पोइजनिङको समस्या बढी देखिने गरेको छ । तर, चाडबाडमा गरिने असन्तुलित खानाको सेवनले पनि फुड पोइजनिङ हुन सक्छ ।

फूड पोइजनको लक्षण

फूड पोइजनले पेट तथा आन्द्रामा असर गर्छ । पोइजनका कारण वाकवाकी आउने, वान्ता हुने, डाइरिया हुने हुन्छ । त्यस्तै ज्वरो आउने, पेट दुख्ने, रिंगटा लाग्ने, थकाइ लाग्ने, कमजोर महशुस हुने पनि हुन सक्छ । दिसा र वान्तामा रगत देखिन पनि सक्छ ।

फूड पोइजनबाट बच्ने हो भने यो दसैँमा प्याकेजिङका खानेकुरा, केमिकलयुक्त र बासी खानेकुरा सकेसम्म खानु हुँदैन । साथै कुनै पनि खानेकुरा धेरै मात्रामा खानु पनि फूड पोइजन उत्पादन गर्नु हो ।

फूड पोइजनिङको घरेलु उपचार विधि

अदुवा चियामा थोरै मह मिसाएर दिनमा कम्तीमा तीनपटक पिउँदा फुड पोइजनिङबाट आराम मिल्छ । त्यस्तै नरिवल पानी सेवन गर्दा पनि यसले औषधिकै काम गर्छ । त्यसका साथै तुलसीको पातलाई उमालेर मह मिसाएर पिउँदा केही हदसम्म राहत मिल्छ । एक टुक्रा लसुन पानीमा राखेर पिउँदा ब्याक्टेरियल संक्रमणबाट मुक्ति पाउन सकिन्छ । एक चम्चा जीरा पिसेर खानामा प्रयोग गरेमा फूड प्वाइजनबाट छुटकारा पाउन सकिन्छ । फूड प्वाइजनमा स्याउ र केराको सेवन एकदमै लाभदायक मानिन्छ । यस्तो बेला पानीको सेवन बढी मात्रामा गर्दा फाइदाजनक हुन्छ ।

दसैँको समयमा हामी धेरै जसो मात्रामा माछामासु लगायत चिल्लो पिरो र विभिन्न पेय पदार्थ पिउने गर्दछौँ । जसको कारणले हामीलाई थप समस्या सिर्जना गर्दछ । पारिवारिक जमघटका कारण राती अबेरसम्म नसुत्ने लगायतका कारणले गर्दा हामीमा विभिन्न समस्याहरु निम्तिने गर्दछ । त्यसकारण दसैँ लगायत चाडपर्वका बेला खानासहित आराममा पनि ध्यान दिनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?