महालक्ष्मी विकास बैंकले ल्यायो थ्रीडी सुविधा

लोकपथ
126
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा थ्रीडी सुरक्षित कार्ड सुविधा ल्याएको छ । बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा डलर, एन.पी.आर कार्डहरू मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रीडी सुरक्षित कार्ड सुविधा ल्याएको हो । 

सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम बैंकले भिसा थ्रीडी सुविधा थप गरेको हो । जसले ग्राहकहरूले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि गर्नेछ ।

नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक हो ।

यस सुविधाले ग्राहकको आफ्नो कार्डको विवरण अनधिकृत रूपबाट प्रयोग हुनबाट जोगिनेछ भने प्रत्येक कारोबार प्रमाणीकरण पनि हुनेछ । 

यस प्रक्रिया अन्तर्गत ग्राहकहरूले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नको निमित्त इमेल वा म्यासेज मार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड (OTP) प्राप्त गर्नेछन् र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ ।

यो सुविधा सुचारु भएसँगै बैंकको ग्राहकहरूलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरू उपलब्ध गराउने नीतिको सफल कार्यान्वयन हुने विश्वाससमेत बैंकले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?