काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आइतबार र सोमबार लगातार दुई दिन संघीय सरकारको खानेपानी मन्त्रालयलाई पत्र पठाएका छन् । पहिलो पत्रमा फोहोर व्यवस्थापन र दोस्रो पत्रमा सप्तकोशी नदीबाट खानेपानी ल्याउनुपर्ने विषय उनले उठाएका छन् । आफ्नै लबजमा संघीय सरकारलाई लेखेको पत्रमा उनले आफूले तारन्तार माग गर्दा पनि सरकारले वास्ता नगरेको, धराने जनतालाई सरकारले बेवास्ता गरेको जस्ता आरोप लगाएका छन् ।
तार घेरा लाउन ला’को वनका मान्छेहरू आएर डोजरले भत्काइदिए । यो विषयमा पत्र लेखेको पनि धेरै भयो । अध्ययन गर्ने भन्छन्, कति लामो अध्ययन हो ? कति वर्षे कोर्ष हो ? जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ । हाम्रो सरकार र कानुनलाई प्रक्रियामाथि प्रक्रियामाथि प्रक्रिया, अध्ययनै अध्ययन मात्रै चाहिएको छ । लौन सरकार खत्रा लाग्नु पर्यो ।
संघीय सरकारलाई लेखेको पहिलो पत्रमा भनिएको छ, ‘धरानको फोहोर मैला व्यवस्थापनको लागि व्यवस्थित स्यानिटरी ल्यान्डफिल बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु पर्यो, फोहोर जंगलमा फाल्दा व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरूको संख्या दिनानुदिन बढिरहेको छ । साथै फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ । बर्सेनि सुख्खा याममा फोहोरमा आगो लागेर डढेलो लागेर विजोग हुन्छ । तार घेरा लाउन ला’को वनका मान्छेहरू आएर डोजरले भत्काइदिए । यो विषयमा पत्र लेखेको पनि धेरै भयो । अध्ययन गर्ने भन्छन्, कति लामो अध्ययन हो ? कति वर्षे कोर्ष हो ? जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ । हाम्रो सरकार र कानुनलाई प्रक्रियामाथि प्रक्रियामाथि प्रक्रिया, अध्ययनै अध्ययन मात्रै चाहिएको छ । लौन सरकार खत्रा लाग्नु पर्यो ।
यस्तै उनले खानेपानीको समस्या समाधानका लागि आग्रह गर्दै लेखेको पत्रमा भनिएको छ, ‘धराने जनता खानेपानी खानेपानी भन्दै कतिन्जेल कराउँदै बस्नु पर्ने हो ? मन्त्रालय धाएको, निवेदन चढाएको र नमस्कार गरेको पनि दुई वर्ष बित्यो । खर्बौं रुपैयाँको बजेट बनाउने नेपाल सरकारले धराने जनतालाई खानेपानी जस्तो अत्यावश्यक सेवा सुविधा प्राण आधार तत्वदेखि समेत वञ्चित गर्नुपर्ने कारण के पर्यो ? किन धरानलाई विभेद गरेको हो ? पार्टी नमिले पनि देश त हाम्रो एउटै हो नि ! होइन र ? कि कसो ? धराने जनताले खानेपानी नपाउनुको कारण सार्वजनिक गरियोस् । अन्यथा तत्काल सप्तकोशीको पानी लिफ्टिङको ठेक्का लगाइयोस् । खानेपानीसम्म खुवाउन नसक्ने सरकारको कुनै औचित्य नरहने हुँदा औचित्य र महत्व सावित हुने गरी कर्म गरौं । आश्वासनले जीवन चल्दैन डेलिभरी दिने गरी काम गर्नु पर्छ है ! कुरा तितो छ तर सत्य कुरा यस्तै हुन्छ असत्य बोल्न जानिएन । मन नदुखाउनु होला बरु काम थाल्नु होला !’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया