जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

लोकपथ
0
Shares

तनहुँ । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ  गरेको छ ।

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० लामिश्‍वारा आदर्श टोल बस्ने ४५ वर्षीय दिल बहादुर विकलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

 विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?