छक्का पञ्जाको आक्रामक बुकिङ देखेर शारीरिक र मानसिक थकान मेटियो : दीपकराज गिरी

लोकपथ
11.1k
Shares

काठमाडौं । छक्का पञ्जाको पाँचौ श्रृंखला अर्थात् छक्का पञ्जा–५ फूलपातीको दिन (भोलि) बाट प्रदर्शनमा आउँदैछ ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको यसअघिका सबै श्रृंखलाहरु चर्चित मात्र भएनन् कमाइका हिसावले पनि सफल मानिए ।

भोलिदेखि नै अभिनेता विराज भट्टको निर्देशन रहेको १२ गाउँ तथा वसन्त निरौलाको निर्देशनमा रहेको ज्वाइँ साप समेत भोलिबाट प्रदर्शनमा आउँदैछन् ।

अघिल्ला वर्षहरुमा पनि फूलपाती लगायत महत्वपूर्ण दिनबाट फिल्म प्रदर्शन गर्ने होड निर्माण पक्षबीच हुने गरेको थियो । यस वर्ष पनि एकैसाथ चर्चामा रहेका तीन फिल्म प्रर्दशनमा आउने भएसँगै कसको पल्ला भारी होला भन्ने कौतुहलता देखिएको छ ।

सोही क्रममा चलचित्रको पटकथा समेत तयार पारेका तथा चलचित्रमा मुख्य भूमिकामा रहेका कलाकाल दीपकराज गिरीले छक्का पञ्जा–५ ले राम्रो सफलता हासिल गर्ने प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै देश तथा विदेशमा छक्का पञ्जाको देश तथा विदेशमा आक्रामक बुकिङ रहेको दाबी गरेका छन् । त्यस्तै फिल्मका लागि आक्रामक बुकिङ देखेर महिनौँदेखिको शारीरिक र मानसिक थकाइ मेटिएको समेत टिप्पणी गरेका छन् ।

‘देश तथा विदेशमा छक्का पञ्जाको यो आक्रामक बुकिंग देखेर महिनौ देखिको शारीरिक तथा मानसिक थकाइ मेटिएको छ ! सबै लाइ धन्यबाद!! हलहरूमा भेटौला है,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?