अस्ताए वरिष्ठ गीतकार विश्वबल्लभ

लोकपथ
336
Shares

काठमाडौं । वरिष्ठ गीतकार विश्वबल्लभ भट्टराईको ८० वर्षको उमेरमा आज बुधबार मध्यान्हमा निधन भएको छ ।

चार दिनअघि घरमै मस्तिष्कघात भएपछि उपचारका लागि न्युरो अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा उनको आज निधन भएको हो । उनी लामो समय रेडियो नेपालमा जागिरे थिए ।

गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत बल्लभको निधन भएको बताएका छन् । उनको पार्थिव शरीरलाई प्रज्ञा प्रतिष्ठान लैजाने संगीतकार संघले जनाएको छ ।

बल्लभका दुई छोरी छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरको कारण मृत्यु भएको थियो । अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’, तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’ जस्ता चर्चित गीतहरू बल्लभले नै लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?