फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी

लोकपथ
42
Shares

चितवन। चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षात् का कारण रोकिएको जीप सफारी बिहीबार फूलपातीका दिनदेखि सुरु गरिने भएको छ । हरेक वर्षझैँ यसवर्ष पनि असार १६ गतेदेखि निकुञ्जभित्रको सफारी रोकिएको थियो ।

लामो समय वर्षात् भएका कारण निकुञ्जभित्रको सडक र पुल मर्मत एवं झाडी सफा गर्ने काम गर्न कठिन भएपछि केही ढिला गरी निकुञ्ज खोलिएको हो । गत वर्ष असोज १६ गतेदेखि जीप सफारी खुल्ला गरिएको थियो । निकुञ्ज बाहिरका सामुदायिक वनमा भने वर्षातमा समेत पर्यटकीय गतिविधि हुने गर्दछ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चाडपर्वमा घुम्न आउने पर्यटकलाई लक्षित गरी सबै सडक सफा गर्न नसकिए पनि सफारी खुल्ला गरिएको हो । निकुञ्जभित्र सबैभन्दा बढी सौराहाबाट ३२ जीप चल्ने गर्दछन् । कसराबाट २०, मेघौलीबाट नौ, माडीबाट एउटा, नवलपरासीको अमलटारीबाट ६ तथा कुजौलीबाट दुई वटा जीपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?