लुम्बिनी प्रदेशका प्रमुख घर्तीले फिर्ता गरे दुई विधेयक

लोकपथ
63
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रमाणीकरणका लागि आएको दुई विधेयक प्रदेश सभामा फिर्ता पठाएका छन् ।

प्रदेश सभा सचिवालयबाट प्रमाणीकरणका लागि आएको दुई विधेयक राय सुझावसहित प्रदेश सभामा नै फिर्ता पठाएका हुन् ।

प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकराण्का लागि पठाइएको थियो ।

प्रदेश निजामती सेवासम्बन्धी विधेयक प्रदेश सभाबाट गत भदौ ३१ गते पारित भएको थियो भने स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक गत भदौ २७ गते प्रदेश सभाबाट पारित भएको थियो ।

मंगलबार दुवै विधेयक पुनर्विचारको लागि भन्दै फिर्ता पठाएको प्रदेश प्रमुख कार्यालयका सचिव वेद प्रसाद खरेलले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?