नेपाली फुटबल प्रशिक्षक हुमागाईँले प्राप्त गरे ‘फिफा–प्रो’ लाइसेन्स 

लोकपथ
161
Shares

काठमाडौं । फुटबल प्रशिक्षकमा प्रदिप हुमागाईँ विश्व फुटबल फिफा अन्तर्गत प्रशिक्षकहरुले प्राप्त गर्ने ‘फिफा–प्रो’ लाइसेन्स प्राप्त गरेका छन् । उक्त लाइसेन्स प्राप्त गर्ने उनी पहिलो नेपाली प्रशिक्षक बनेका छन् । प्रदिपले १६ महिनाको लामो अध्ययनपछि मंगलबार अर्जेन्टिनाबाट फिफा प्रो लाइसेन्स प्राप्त गर्न सफल भएका हुन ।

अमेरिकामा बसेर फुटबल प्रशिक्षणसँगै अध्ययनमा सक्रिय ४३ वर्षीय हुमागाईँले धेरैको माया र आशीर्वादका कारणले नै आफूले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकेको प्रतिक्रिया दिए । 

हुमागाईँले सन २००९ बाट फुटबल प्रशिक्षकको रुपमा आफ्नो जीवन सुरुवात गरेका थिए । १५ वर्षको लामो अध्ययन विभिन्न क्लबहरूमा प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै उनले नेपालबाट एफसी ‘बि’ र ‘ए’ क्याटोगोरीको लाइसेन्ससमेत प्राप्त गरेका थिए ।

सन् २००३ मा काठमाडौंमा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा उनको प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टिमले ३–१ ले जित हात पारेको थियो ।

काठमाडौं विश्वविद्यालयमा महिला प्रशिक्षकको रुपमा सुरुवात गरेका हुमागाईँले नेपाली ए डिभिजनको क्लब थ्रिस्टार क्लब, ललितपुर एफसी, भुटनिज यूथ स्पोर्टस क्लब अमेरिकालगायतको टोली प्रशिक्षण दिएको अनुभव संगालेका छन् । नयाँ उचाइसँगै अब नेपाली राष्ट्रिय फुटबल टिमको नेतृत्व सम्हाल्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?