काठमाडौं । नेपाल प्रहरीले दसैँमा सर्वसाधारणको यातायात सुविधालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ ।
प्रहरीले आज शुक्रबार र भोलि शनिबारका लागि काठमाडौं उपत्यकाका दुई रुटमा निःशुल्क बस सञ्चालन गरेको हो । प्रहरीले त्यसका लागि रुट तोकेरै दुई वटा बस सञ्चालन गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले दसैँमा सार्वजनिक यातायात कम चल्ने हुँदा सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।
प्रहरीले हरेक वर्षको दसैँमा सर्वसाधारणको सुविधाका लागि बस सेवा सञ्चालन गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया