काठमाडौं । बडा दसैँको अवसरमा आज घरघरमा टीका लगाइँदै छ । विजयादशमीको दिन मान्यजनबाट आशीर्वाद लिँदै टीका लगाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस पटक दसैँको टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा उत्तम हुने निर्णय गरेको थियो । सोही समय अनुसार अधिकांशले साइतमै टीकाको सुरुवात गरेका छन् ।
टीकाको साइत घरमा लगाएपछि अन्य मान्यजनको हातबाट टीका ग्रहण गर्न जाने गरिन्छ ।
दशमीपछि पूर्णिमासम्म दसैँको टीका लगाइने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया