काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले अर्को वर्षको टीका नारायणहिटी दरबारमा लगाउनेमा आफू विश्वस्त रहेको बताएका छन् । शनिवार पूर्व राजाको हातबाट टीका लगाएसँगै नेता मिश्रले यस्तो प्रतिक्रिया दिएका हुन् ।
शनिवार अपराह्न पूर्व राजा ज्ञानेन्द्र शाहको निर्मल निवासमा गई टीका ग्रहण गरे लगत्तै नेता मिश्रले यसै वर्षको टीका नारायणहिटीमा लगाउने अपेक्षा रहेको भए पनि एक वर्ष ढिलो भएको प्रतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले भने, ‘सरकार, यही वर्ष नारायणहिटीमा टीका लगाउन पाइएला भनेको एक वर्ष ढिलो हुने देखियो । अर्को वर्ष त पक्का हुन्छ भन्नेमा विश्वस्त छु ।’
आफूले पूर्व राजाबाट टीका ग्रहणको समयमा यस्तो भनेको भन्दै उल्लेख गरेका छन् । साथै पूर्व राजालाई नभनेको तर मनमा लागेको कुरा भन्दै प्रचण्डमार्गीहरु सबै एकै ठाउँमा उभिँदा त संविधान लेख्न ८ वर्ष लागेको उल्लेख गर्दै राजा नारायणहिटी फर्कन केही समय लाग्नु कुनै अचम्म नभएको बताएका छन् । मिश्रले लेखेका छन्, ‘ राजालाई एक्लाएर सबै प्रचण्ड मार्गी एकै ठाउँमा उभिँदा त संविधान लेख्न ८ वर्ष लाग्यो । राजा नारायणहिटी फर्किन अलि बढी समय लाग्नु के अचम्म भयो र ।’
पार्टीको वरिष्ठ उपाध्यक्षसमेत रहेका नेता मिश्रले धर्म, संस्कृति र परम्पराको टी घरमा लगाइएको र देशभक्तिको टीका पूर्व राजा ज्ञानेन्द्र शाहको निजी निवासमा लगाएको समेत प्रतिक्रिया दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया