त्रिभुवन विमानस्थलबाट दुई दिनमा ६३ हजारले गरे हवाई यात्रा

आन्तरिकतर्फ एकै दिन ३ सय १ उडान

लोकपथ
21
Shares

काठमाडौं । बडादसैँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको अत्यधिक चाप रहेको तथ्याङ्क त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका अनुसार दुई दिनमा कुल ६३ हजारले विमानस्थलबाट यात्रा गरेका छन् ।

असोज २४ र २५ गते आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा चाप बढेपछि विमानस्थलको टर्मिनल भवन यात्रुले खचाखच भएको थियो ।

असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीन सय एक उडान भएका थिए भने सोही दिन अन्तर्राष्ट्रियतर्फ दुईतर्फी एक सय सात उडान भएका थियो । असोज २४ गते १७ हजार तीन सय २९ र असोज २५ गते १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले जनाले आन्तरिक उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

त्यसै गरी अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एक सय सात उडान हुँदा १६ हजार पाँच सय नौ जना र असोज २५ गते पनि एक सय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ जनाले हवाई यात्रा गरेका हुन् ।

अन्तर्राष्ट्रिय र आन्तरिक गरी यात्रा सङ्ख्या र यात्रु चापका आधारमा यो पूर्ण क्षमतामा सञ्चालन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?