सुख्खा पहिरोले बन्द अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा

लोकपथ
91
Shares

काठमाडौं । काभ्रेको पचास किलोमा सुख्खा पहिरोको कारण बन्द भएको अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सुख्खा पहिरो पन्छाएपछि बाटो एकतर्फी सञ्चालनमा आएको हो ।

काभ्रेको पाँचखाल नगरपालिका ८ मा पर्ने पचास किलो भन्ने स्थानमा सुख्खा पहिरो आएपछि गए रातीदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । तर सडक विभाग, प्रशासन र स्थानीय तहको सक्रियताले सुख्खा पहिरो पन्छाएपछि बाटो एकतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी प्रवक्ता डिएसपी मीनबहादुर घलेका अनुसार स्थानीय तह र सडक विभागसँग समन्वय गरी सुख्खा पहिरो पन्छाएपछि अहिले बिहान ९ बजेबाट सडक एकतर्फी सञ्चालनमा आएको हो । अहिले थप पहिरो पन्छाउने तयारी भइरहेको र सुरक्षित भएपछि दुई तर्फी नै बाटो खुलाउने तयारी भइरहेको छ ।

दसैँको समयमा राजमार्गमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै दसैँको टीका लगाउन जानुपर्ने यात्रु तथा आवागमन गर्नुपर्ने यात्रुलाई पनि समस्या भएको थियो । सडक एकतर्फी सञ्चालनमा आएसँगै अहिले पालैपालो सवारीसाधनलाई गन्तव्यतर्फ पठाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?