यस वर्षको दसैँमा काठमाडौंमा बढी चहलपहल

लोकपथ
0
Shares

काठमाडौं । विगतका वर्षहरूमा भन्दा यस वर्ष काठमाडौं उपत्यकामा बढी चहलपहल देखिएको छ । गत वर्षहरूमा फूलपातीको दिनदेखि नै शून्य प्राय हुने सडकमा यस वर्ष बढी चहलपहल देखिएको हो ।

असोज दोस्रो साता परेको अविरल वर्षापछि आएको बाढी पहिरोले ग्रामीण सडक तथा राजमार्गहरूमा अवरोध भएपछि यस वर्ष दसैँमा काठमाडौं छाड्नेको सङ्ख्या कम भएको हो ।

मानिसहरूको चहलपहलका कारण सडकमा सार्वजनिक तथा निजी सवारीसाधन पनि यस वर्ष बढी नै गुडेको थियो । उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगतका वर्षहरूमा भन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ ।

बाढी पहिरोले बिग्रिएको सडक बनिसकेपछि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै मात्र राजधानी बाहिर गएका हुन् ।

यातायात व्यवसायीहरूले पनि यस वर्ष १३ लाखले मात्रै काठमाडौं छाडेको बताएका छन् । यातायात व्यवसायीले भने यस वर्ष करिब २० लाखले उपत्यका छाड्ने अनुमान गरेका थिए ।

हेरौं दसैँ विदामा पनि चहलपहलयुक्त सडकका केही दृश्यहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?