पेस्तोल र गोली सहित रौतहटमा एक जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । रौतहटको गोनाही नगरपालिका ६ कर्कचमा एक व्यक्ति पेस्तोल र त्यसमा लाग्ने चार राउन्ड गोलीसहित पक्राउ परेका छन् । दुर्गा मेला लागिरहेको स्थानमा पेस्तोलसहित पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

रौतहट प्रहरीका अनुसार देवाही गोनाही नगरपालिका–६ कर्कचस्थित दुर्गा मेला लागेको स्थानमा मेड इन युएसए लेखिएको एक थान पेस्तोल , त्यसमा लाग्ने चार राउन्ड गोली, एक थान म्यागजिन र सर्ट गनको दुई राउन्ड गोलीसहित एक व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही स्थानका ५६ वर्षीय भोला राय यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई शुक्रवार राति पक्राउ गरेको हो । शुक्रवार नै पक्राउ गरिएको भए पनि अनुसन्धानका क्रममा रहेकाले आइतबार मात्रै प्रहरीले सार्वजनिक गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?