जुवातास खेलिरहेको अवस्थामा ललितपुर र दाङबाट २१ जना पक्राउ

लोकपथ
133
Shares

काठमाडौं । दसैँको समयमा जुवातास खेलिरहेका अवस्थामा प्रहरीले ललितपुर र दाङबाट २१ जनालाई पक्राउ गरेको छ । साथै उनीहरूबाट ४ लाख २३ हजार ६९० रुपैयाँसमेत बरामद गरिएको छ ।

प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–४ शिखर टोल बस्ने ध्रुव रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ केरू टोल बस्ने ३३ वर्षीय कवि नगरकोटी समेत ५ जनालाई शनिवार राति पक्राउ गरेको हो । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार १ सय ४० रुपैयाँ र १ बुक तास सहित नियन्त्रणमा लिएको हो ।

त्यसै गरी दाङको दंगिशरण गाउँपालिका–३ रावतगाउँ बस्ने भागीराम चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय गणेश योगी समेत ११ जनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ६ सय ५० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

त्यस्तै दाङकै तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु बस्ने शिव बहादुर बिकको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–३ बस्ने ३३ वर्षीय टेक बहादुर बिक समेत ५ जनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?