मनकामना केबलकार असोज २९ गतेदेखि ३ दिन बन्द हुने

लोकपथ
140
Shares

काठमाडौं । मनकामना केबलकार पुनः तीन दिन बन्द हुने भएको छ । नियमित मर्मतका लागि केबलकार पुनः तीन दिनका लागि बन्द हुने भएको हो । 

यसअघि  दसैँको नवमी, विजयादशमी र एकादशीको दिनसमेत बन्द गरिएको केबलकार टीका लगाउन जाने र लगाएर फर्कनेका लागि सहज होस् भनेर असोज २८ गते द्वादसीको दिन खुला गरिएको थियो । 

एक दिनका लागि खुला गरिएको भए पनि मंगलबारबाट पुनः तीन दिनका लागि सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । कम्पनीका अनुसार असोज २९ र ३० तथा कात्तिक १ गते केबलकार सेवा बन्द हुनेछ ।

मनकामना दर्शन प्रालिले केही समय अगाडि मात्रै डिजिटायज्ड गरेको थियो । केबलकारको सेवामा स्तरउन्नती गर्न लागिएकाले अहिले केबलकारको तारहरु फेर्नुपर्ने भएको छ भने लठ्ठालाई छोट्याउन लागिएको छ । सोही काम गर्नका लागि असोज २९ र ३० गतेका लागि छुट्टाइएको छ । कात्तिक १ गते भने त्यसपछिको प्राविधिक परीक्षणका लागि छुट्टाइएको हो । 

मनकामना दर्शन प्रालिले आफ्नो नियमित मर्मत तथा स्तरउन्नती कार्यका लागि अष्ट्रेलियाबाट प्राविधिक झिकाएको बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?