काठमाडौं । बझाङको नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा तीन वटा स्थानीय तहमा एक हप्तादेखि पूर्णरुपमा सेवा प्रभावित भएका छन्।
मष्टा गाउँपालिका-६ दौलेमेला भकुण्डे सामुदायिक वनमा रहेको नेपाल टेलिकमको टावरमा चार्जिङमा राखिएका ५७ वटा सोलार प्यानल, २४ ब्याट्री, तार ५ किलोवाट र अन्य उपकरण तोडफोड भएको हो।
सोमबार दिउँसो मष्टा गाउँपालिका-५ का स्थानीय भरत ओखेडाले टेलिकमको टावरमा तोडफोड गर्दा मष्टा गाउँपालिका, तल्कोट र साइपाल गाउँपालिकाका अधिकांश ठाउँमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा भएको प्रहरीले जनाएको छ।
तोडफोड गर्ने ओखेडालाई हिजो दिनभर प्रहरीले खोजे पनि फेला पार्न नसकेको र उनको मानसिक सन्तुलन सही नभएको स्थानीयबाट बुझिन आएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया