बीपी राजमार्गमा आजदेखि ठुला सवारी साधन चल्ने

लोकपथ
308
Shares
फाइल तस्बिर

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गमा सोमबार बेलुका देखि ठुला सवारी साधन पनि चल्न दिइने भएको छ ।

सडक डिभिजन भक्तपुरले आज सूचना जारी गर्दौ यसबारेमा जानकारी दिएको हो ।

ठुला सवारीसाधन पास हुन अवरोध हुँदै आएको चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार भइसक्ने भएकाले अनुमति प्राप्त गरेका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

यसअघि क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर साना सवारीसाधन चल्न दिइएको थियो ।

साथै उक्तसडक खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना अझै भएकाले रातिको समयमा यात्रा नगर्न अनुरोधसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?