सुदूरपश्चिम रोयल्सका प्रमुख मेन्टरमा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज

लोकपथ
49
Shares

काठमाडौं । एनपीएलको पूर्वसन्ध्यामा सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेको छ ।

अस्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टोलीमा रहेका हजलाई सुदूरपश्चिमले नियुक्त गरेको हो । हजको आगमनसँगै नेपाल सुपर लिग एनपीएल मा सुदूरपश्चिमले उच्च प्रदर्शन गर्ने अपेक्षा गरेको छ ।

हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग आइपीएल समेत खेलेका थिए । हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताए । क्यानको आयोजनामा मंसिर १६ गते देखि एनपीएल सुरु हुँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?