जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त

लोकपथ
77
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् ।

नेपाली राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षकसमेत रहेका पुबुदु जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

सामाजिक संजालमार्फत जनकपुर बोल्ट्सले मंगलबार पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । ती खेलाडीलाई पुबुदुले प्रशिक्षण दिने छन् ।

पुबुदुले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए । उनको प्रशिक्षणमा नेपाली टोली पहिलो पटक सन् २०१४ मा विश्वकपमा सहभागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?