श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । झापामा श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको अभियोगमा प्रहरीले सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–३ जुङ्घेघारी बस्ने ४६ वर्षीय वीर बहादुर चौहान रहेका छन् ।

वीर बहादुर चौहानले धारिलो हतियार प्रहार गरी मुना चौहानको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी खुदुनाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?