पेस्तोलसहित एक जना पक्राउ

लोकपथ
42
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ बाट १ थान पेस्तोल र ३ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्ने ३६ वर्षीय प्रेम तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनको घर तालसी गर्दा उक्त पेस्तोल फेला पारी सोमबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?