दसैँपछिको शेयर बजार : ३१ दशमलव ४८ अंकले बढ्यो नेप्से

लोकपथ
49
Shares

काठमाडौं । दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक ३१ दशमवल ४८ अंकले बढेर २ हजार ६ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ । आज ३ सय ७ कम्पनीका ६४ लाख १७ हजार २ सय ६७ कित्ता शेयर ३ अर्ब ६ करोड २३ लाख ३७ हजारमा कारोबार भएको नेप्सेले जनाएको छ ।

आज २ सय ५ कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । जानकी फाइनान्स कम्पनी लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक दश/दश प्रतिशत कमाएका छन् । यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ३२, समृद्धि फाइनान्स कम्पनी ६ दशमलव ८४, एनआइबिएल समृद्धि फण्ड–२ का शेयरधनीले ६ दशमलव ७४ प्रतिशत कमाएका छन् ।

मध्य सोलु जलविद्युत कम्पनीका लगानीकर्ताले १०, युनाइटेड मोदी जलविद्युत कम्पनीका ५ दशमलव २५, युनिलिभर नेपाल लिमिटेड ३ दशमलव ८५, सामुदायिक लघुवित्त वित्तीय संस्था ३ दशमलव ६२ र एनआइसी एसिया सेलेक्ट फण्ड–३० का शेयरधनीले ३ दशमलव १९ प्रतिशतले घाटा बेहोरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?