कात्तिकका लागि बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, १० वटाले घटाउँदा अन्य १० वटाको स्थिर

लोकपथ
350
Shares

काठमाडौं । नयाँ महिनाका लागि तय गरिने ब्याजदर अघिल्लो महिनाको मसान्तसम्म प्रकाशन गरिसक्नुपर्ने व्यवस्थाबमोजिम सबै बैंकहरुले कात्तिक महिनाको ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार, २० वाणिज्य बैंकमध्ये १० वटाले ब्याजदर घटाउँदा अन्य १० वटा बैंकले ब्याजदरलाई स्थिर राखेका छन् ।

चाडवाडको समयमा पनि बैंक तथा वित्तीय संस्थाबाट अपेक्षित कर्जा माग नहुँदा बैंकको ब्याजदर क्रमले निरन्तरता पाएको हो ।

नेपाल बैंक लिमिटेडले सबै प्रकारका खाताहरूको ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनामा बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ४.५५ प्रतिशत र ३.३० प्रतिशत ब्याजदर कायम गरेको छ । उल्लेखित बैंकहरूको सार्वजनिक गरेको ब्याजदरमध्ये साधारण बचत खाता र एक वर्षे व्यक्तिगत मुद्दती खाता तथा सोही अवधिको संस्थागत मुद्दती खाताका लागि तोकिएको ब्याजदर हुन् ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाउँदा अन्य निक्षेप खाताको ब्याजदर यथावत् राखेको छ । अब उक्त बैंकको ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.५० प्रतिशत र ४.०० प्रतिशत कायम भएको छ ।

कृषि विकास बैंकले बचत खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राखेको छ भने व्यक्तिगत मुद्दती खाताको ब्याजलाई ०.०६५ प्रतिशत विन्दुले घटाएको छ । कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिनेछ ।

यस्तै, कुमारी बैंकले सबै प्रकारका निक्षेपको ब्याजदर स्थिर राखेको छ । कात्तिक महिनाका लागि सो बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको हो । नबिल बैंकले साधारण बचत खाता र एकवर्ष अवधिका सबै निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ । यस अनुसार कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याजदर दिनेछ ।

हिमालयन बैंकले सबै प्रकारका ब्याजदर घटाएको छ । यो बैंकले बचत खाताको ब्याजदरलाई ०.१५ प्रतिशत विन्दुले घटाउँदा व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई एक–एक प्रतिशत विन्दुले घटाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ४.७५ प्रतिशत र ३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ । यो बैंकले व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.२५ प्रतिशत विन्दुले घटाएको छ । कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.५० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिनेछ ।

यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले साधारण बचत खाता र एकवर्षे व्यक्तिगत मुद्दती खाताको ब्याजदर स्थिर राखेको छ ।संस्थागत मुद्दती खाताको ब्याजदरलाई भने ०.२५ प्रतिशत विन्दुले घटाएको छ । यस अनुसार कात्तिकका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल एसबीआई बैंकले यो महिना ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन । बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.३५ प्रतिशत र ४.३५ प्रतिशत ब्याजदर तोकेको छ । एभरेस्ट बैंकले यो महिना सबै प्रकारका ब्याजदरलाई यथावत् राखेको छ । यस अनुसार कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ४.१५ प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिनेछ ।

लक्ष्मी सनराइज बैंकले बचत खातालाई यथावत् राखेको छ । यो बैंकले व्यक्तिगत र संस्थागत दुवै मुद्दती खातामा ०.५० प्रतिशतले ब्याजदर घटाउँदा बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

ग्लोबल आईएमई बैंकले पनि सबै प्रकारका खाताको ब्याजदरलाई यसपटक स्थिर राखेको छ । यस अनुसार बचत खाता, व्यक्तिगत मुद्दती खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई क्रमशः ३ प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत कायम भएको छ ।

यसैगरी, प्रभु बैंकले पनि यो अवधिमा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । यस अनुसार आगामी महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशत ब्याज दिनेछ ।

सिटिजन्स बैंकले भने बचत खातामा ०.००५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । यो बैंकले व्यक्तिगत मुद्दती खातामा ०.४० प्रतिशत र संस्थागत मुद्दती खातामा ०.५० प्रतिशत ब्याज घटाएको छ । यस अनुसार बैंकले कात्तिक महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.००५ प्रतिशत, ५.७५ प्रतिशत र ४.०० प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्राइम कमर्सियल बैंक पनि साधारण बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ । यो बैंकले व्यक्तिगत र संस्थागत मुद्दती खातामा ०.२५ प्रतिशत विन्दुले ब्याज घटाएको छ । कात्तिक महिनाका लागि यो बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.०० प्रतिशत र ४.२५ प्रतिशत ब्याज दिनेछ ।

सिद्धार्थ बैंकले पनि बचत खाताको ब्याजदरलाई स्थिर राखेको छ । यो बैंकले व्यक्तिगत मुद्दती खाता ब्याजदरलाई ०.२५ प्रतिशतले घटाउँदा संस्थागत मुद्दती खाता ब्याजदर भने ०.५० प्रतिशत विन्दुले घटाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिने जनाएको छ ।

सानिमा बैंकले पनि सबै प्रकारका खाताहरुको ब्याजदर स्थिर राखेको छ । बैंकले नयाँ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.४० प्रतिशत र ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ । एनएमबि बैंकले पनि बचत तथा एकवर्षे मुद्दती खाताको ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन । यस अनुसार कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर यथावत् रहनेछ ।

एनआईसी एसिया बैंकले भने बचत खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राख्दा व्यक्तिगत मुद्दती खाताको ब्याजदर १.४५ प्रतिशत विन्दुले घटाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.२७ प्रतिशत, ४.१५ प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।

माछापुच्छ्रे बैंकले पनि सबै प्रकारका खाताको ब्याजदर कात्तिक महिनामा लागि यथावत् राखेको छ । अघिल्लो महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.५० प्रतिशत र ४.७५ प्रतिशत ब्याज दिनेगरी तालिका प्रकाशन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?