दसैँ मेरो प्राथमिकतामा पर्दैन : अध्यक्ष प्रचण्ड

लोकपथ
245
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दसैँ आफ्नो प्राथमिकतामा नपरेको बताएका छन् । 

बडादसैँलाई आफूले पहिलेदेखि नै महत्त्व नदिएको तर परिवारका सदस्यहरूलाई साथ दिने गरेको प्रतिक्रिया दिए । 

‘जनयुद्धभरी र त्यसपछि पनि  दसैँ मेरो त्यति प्राथमिकतामा पर्दैन । यसलाई सामान्य रूपमै लिने गर्छु ।  घरमा परिवारका सदस्यहरु, छोराछोरी, नाति नातिनाहरुलाई टीका लगाउने गर्छन् । उनीहरुलाई सहयोग चाहिँ गर्छु,’ अध्यक्ष दाहालले भने ।

अध्यक्ष दाहालले  दसैँमा प्राय टीका लगाउने गरेका छैनन् । तर २०७४ सालमा भने उनको निधारमा रातो टीका लगाएको तस्बिर सार्वजनिक भएको थियो । लाजिम्पाट निवासमा रहँदा उनले मामा ससुरा र सासुको हातबाट टीका लगाएको तस्बिर उनकी छोरी गंगा र छोरा प्रकाशले सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?