मौलिकता जोगाउन सरकारले योगदान गर्छ : मन्त्री पाण्डे

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्री पाण्डेले संस्कृति र मौलिकता जोगाउन मन्त्रालयबाट गर्नुपर्ने योगदान गर्ने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित पुस्तक विमोचनमा उनले मौलिकता भएन भने समाजको अस्तित्व नरहने भन्दै यसको संरक्षणको लागि काम गर्ने बताए । 

उनले भने, ‘मौलिकता समाजको लागि प्राण तत्त्व हो त्यो जोगियो भने मात्र हामीले भौतिक तत्त्वलाई सबल बनाउन सक्छाैँ । त्यो दिशामा हामीले यसको संरक्षण गर्ने काम अगाडि बढाउने नै छाैँ । हामीले हाम्रो मन्त्रालयबाट गर्नुपर्ने काम, योगदान र निर्णयका विषयमा प्रतिबद्ध भएको कुराको बचनबद्धता पनि व्यक्त गर्न चाहन्छु ।’

यसको साथै, उनले आज प्रकाशित पुस्तकले नेपाली कलाकार र कलालाई अन्तर्राष्ट्रियकरण गर्ने कुरामा पनि योगदान गर्ने बताए । 

उनले भने, ‘यो पुस्तकले नेपालको कलाको संरक्षणमा योगदान दिने छ । नेपाली कलाकारहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने कुरामा पनि यसले योगदान गर्नेछ । यसको साथै पर्यटकहरूले पनि नेपाललाई एउटै पुस्तकभित्र देख्न र बुझ्न सक्ने छन् । सांस्कृतिक पर्यटनलाई पनि यसले बढवा दिने काम गरेको छ । पर्यटन प्रवर्द्धन मात्र होइन व्यापार र निकासी प्रवर्द्धनको दिशामा नेपालको कला, कृति र नेपालसँग भएको हस्तकलासँग सम्बन्धित विशिष्ट हाम्रो जुन मौलिकता र पहिचान छ यसलाई प्रवर्द्धन गर्ने कुरामा पनि योगदान गर्ने छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?