होटेलको तेस्रो तल्लाबाट खसेर पप गायक लियाम पेनको मृत्यु

लोकपथ
168
Shares

काठमाडौं । चर्चित पप गायक एवं ‘वन डिरेक्सन’ ब्यान्डका पूर्वसदस्य लियाम पेनको होटेलबाट खसेर मृत्यु भएको छ । ३१ वर्षीय पेनको अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको होटेलको तेस्रो तलाको बाल्कोनीबाट खसेर मृत्यु भएको हो ।

ब्युनस आयर्स प्रहरीले पेन लागुऔषध र मदिराको नसाका कारण दुर्घटनामा परेको हुन सक्ने आशंका गरेको छ । पेन सन् २०१० मा एक्स फ्याक्टर टीभी सोमा बनाइएको चर्चित ब्वायब्यान्डका सदस्यसमेत थिए । यस समूहमा ह्यारी स्टाइल्स, लुइस टोमिल्सन, नियाल होरान र जयन मलिकजस्ता कलाकारसमेत आबद्ध थिए । केही दिनअघि मात्र अर्जेन्टिनामा उनले ’वन डिरेक्सन’ कै पूर्व सदस्य नियाल होरानको कन्सर्टमा प्रस्तुति दिएका थिए ।

पेनको मृत्युको खबरपछि अमेरिकी गायक चार्ली पुथले इन्स्टाग्राममा लेखेका छन्, ‘म अहिले स्तब्ध छु । लियाम मलाई सधैँ नै अति माया गर्थे । मैले सहकार्य गरेकामध्ये उनी मुख्य कलाकार थिए । उनी रहेनन् भन्ने कुरा मैले विश्वास नै गर्न सकिरहेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?