सरकारको सय दिन सफल रहेको कानुनमन्त्री चौरसियाको दाबी

लोकपथ
49
Shares

पर्सा । कानुन न्याय तथा संघीय मामिलामन्त्री अजयकुमार चौरसियाले वर्तमान सरकारको सय दिन सफल भएको दाबी गरेका छन् ।

उनले भने,‘प्रमुख दुई दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित अन्य दलहरुबीच सहकार्य भई गठन भएको सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनको प्रत्याभूति दिलाउन सफल रहेको छ ।’

नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगन्जमा दसैँ, तिहार, छठ र नेपाल संवत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्थानीय तहलाई बलियो बनाउन संघीय सरकारले सहयोग गर्ने जानकारी दिए ।

सञ्चारकर्मीका जिज्ञासामा मन्त्री चौरसियाले आगामी  संसद्को हिउँदे अधिवेशनमा संघ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानुनहरू पारित हुने बताए । उनले भने, ‘ आगामी संसद्को हिउँदे अधिवेशनमा शान्ति प्रक्रियासँग सम्बन्धित  बाँकी विधेयक पनि पारित हुन्छन् । ’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?