‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक

लोकपथ
21
Shares

काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार बिग मुभिज कमलपोखरीमा एक विशेष कार्यक्रमकाबीच रिलिज गरेको हो । 

ट्रेलर सार्वजनिक गर्दै निर्देशक सरोज पौडेलले सामान्य बुबाले सन्तानको सपना बोकेर हिँड्दाहिँड्दै फुटेका पैतालामुनि च्यापिएको एउटा व्यथामा आधारित रहेर चलचित्र बनेको बताए ।

उनले  भने,  ‘एउटा सामान्य बुबाले जसले सन्तानको सपना बोकेर हिँड्दाहिँड्दै फुटेका पैतालामुनि च्यापिएको एउटा व्यथामा आधारित कथा हो । बुवा आमाले हाम्रो  जिन्दगीमा योगदान धेरै पुर्‍याएका हुन्छन् । हाम्रो  समाज, संस्कृतिसँग जोडिएका कुराहरू यस चलचित्रमा प्रस्तुत  गरेका  छौँ । ’ 

पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रकाश सपुतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?