केएमसी विद्यार्थीहरु आन्दोलित, चिकित्सा शिक्षा आयोगको दिशा निर्देशन लागू गर्नुपर्ने माग

लोकपथ
56
Shares

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)का विद्यार्थीहरुले बिहीबार आन्दोलन गरेका छन् ।

चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनहरू लागू गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले ब्यानरसहित आन्दोलन गरेका हुन् । 

आन्दोलनमा उनीहरुले  केएमसी प्रशासक मुर्दावाद, हाम्रो पैसा फिर्ता गरलगायत नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए ।

विद्यार्थीहरुले आन्दोलनमा ईन्टर्नरशिप हो की श्रम शोषण हो ? भन्ने प्रश्न लेखिएको ब्यानर देखाएर आन्दोलन गरेका हुन् ।

आन्दोलनमा विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनमा लागू भएको भन्दा बढी पैसा केएमसी प्रशासनले उठाएको भन्दै पैसा फिर्ता दिन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?