होटेलमा लगेर किशोरीमाथि सामूहिक बलात्कार, ५ जना पक्राउ   

लोकपथ
504
Shares

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकाकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-१ करेलीका निशान रोकाया, जीवन रोकाया, डम्मरबहादुर रोकाया, गाभरका निर्मल थापा, विजय कार्की रहेका छन् । 

किशोरीले बुधबार आफूमाथि सामूहिक बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले घटनापछि फरार रहेका ५ जनालाई बैजनाथको विभिन्न ठाउँबाट पक्राउ गरेको हो । 

५ जनाले ललाइफकाइ बाँकेको कोहलपुरस्थित एक होटेलमा राखेर दुई दिनसम्म बलात्कार गरिएको भन्दै किटानी जाहेरी परेको थियो ।

उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि आज अदालत पेस गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?