नाटयश्वरी मन्दिरको उद्घाटन गर्दै राष्ट्रपतिले भने- ‘स्वर्ग आएजस्तै भयो’

लोकपथ
0
Shares

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित नाटयश्वरी मन्दिरको नवनिर्मित भवनका उद्घाटन गरेका छन् । 

बिहीबार मन्दिरको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले परापूर्व कालदेखि यी स्थलहरूमा पूजा अर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको सुन्दै आएको बताउँदै आज आफूले सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धिका लागि प्रार्थना गरेको बताए । 

राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस भएको बताए ।

उनले भने, ‘जब मैँले बडीमालिका उभिएर चारैतिर प्रकृतिको अनुपम र मनोरम जुन छटा  देख्दा मलाई म स्वर्गमा आएको महशुस भएको छ । मैँले जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस गरेको छु । नाट्यश्वरी देवीको मन्दिर प्राङगणमा उभिएर देवीलाई सम्झेर म भन्न चाहन्छु । यहाँ रहेको प्रकृतिको छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु । मलाई बाजुरावासी स्वर्गका बासिन्दा जस्तो लागेको छ, विपन्नतामा छौ भन्ने तपाईँहरूलाई लाग्ला, अब तपाईँहरूले त्यो भावना मनमा नराख्नुहोला, यो ठाउँको कृषि, पर्यटनको विकास हुन्छ, स्तरीय बाटो खुल्छ र यो भूमि सुन्दरता र वैभवताकले भरिपूर्ण हुनेछ ।’

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांँस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई प्रसिद्ध धार्मिक स्थल एवम् दिव्यधामहरूले एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?