ज्योति विकास बैंक र कुटी रिसोर्टबीच सम्झौता

लोकपथ
77
Shares

काठमाडाैं । ज्योति विकास बैंक लिमिटेड र पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई १ वर्षसम्म रिसोर्टमा २० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खानामा २० प्रतिशत, पेय पदार्थमा १० प्रतिशत र रुम चार्जमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

नेपालको प्रमुख पर्यटकीय स्थल फेवातालको नजिक रहेको उक्त रिसोर्टमा ग्राहकहरूले एक वर्षको अवधिसम्म सो छुटको लाभ उठाउन पाउने बैंकले जनाएकाे छ । कुटी रिसोर्ट सम्पूर्ण आधुनिक सुविधासहितको प्रख्यात थ्री–स्टार स्तरको रिसोर्ट हो ।

बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?