४ सय ४५ व्यवसायीलाई नापतौल इजाजत पत्र प्रदान

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले गत आर्थिक वर्ष ०८०/८१ मा ४ सय ४५ उद्योग तथा व्यवसायीलाई व्यवसाय कारोबार गर्न नयाँ नापतौल सम्बन्धी इजाजत पत्र प्रदान गरेको छ । 

सो कार्यालयले २ हजार ३ सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँचसमेत गरेको जनाएको छ । 

प्राप्त विवरणअनुसार तोकिएको मापदण्ड विपरीत ढक र तराजु प्रयोग गर्ने एक हजार ७ सय १७ व्यापारीलाई कारबाही गरी जरिवानासमेत गरिएको कार्यालय प्रमुख मुकुन्द चौहानले बताए ।

धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछाप गरी कूल पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले विभिन्न कारबाही, नापतौल यन्त्रको इजाजत पत्र प्रदान तथा नवीकरण बापत गत आर्थिक वर्षमा ४० लाख ६७ हजार २ सय ४२ राजस्व संकलन गरेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?