मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

लोकपथ
0
Shares

काठमाडाैं । सिराहाको धनगढी माइ नगरपालिका–५ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

जिरोमाइलस्थित सडकमा सुखिपुरबाट जिरोमाइल तर्फ आउँदै गरेको स.११ प १६५८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–५ गोठ टोल बस्ने ६५ वर्षीया चन्द्र देवी यादवको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि न्युरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?