दसैँ अवधिमा उपत्यकाबाट १२५ वटा मोटरसाइकल चोरी, यी हुन् सबैभन्दा बढी चोरी हुने स्थान

लोकपथ
427
Shares

कठमाडौं । दसैं अवधिमा काठमाडौं उपत्यकाबाट एकसय २५ वटा मोटरसाइकल चोरी भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयकाअनुसार असोज १७ गतेदेखि २८ गतेसम्ममा काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहमध्ये १४ वटा स्थानीय तहबाट मोटरसाइकल चोरी भएका हुन् ।

काठमाडौं महानगरपालिकाबाट मात्रै ७४ वटा मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपछि तार्केश्वर नगरपालिका मोटरसाइकल हराउने सूचीको दोस्रोमा परेको छ । सो नगरपालिकाबाट ८ वटा मोटरसाइकल हराउँदा गोकर्णेश्वर नागरपालिका र बुढानीलकण्ठ नगरपालिकाबाट ७/७ वटा मोटरसाइकल हराएको छ ।

यसैगरी, भक्तपुर नगरपालिकाबाट ६, कागेश्वरी मनहराबाट ५, ललितपुर महानगरबाट ४, मध्यपुर ठिमी नगरपालिकाबाट ४, नागार्जुन नगरपालिकाबाट ३, टोखा, कीर्तिपुृर, सूर्यविनायक र शंखरापुर नगरपालिकाबाट एक/एक वटा मोटरसाइकल हराएको छ ।

चन्द्रागिरी, महालक्ष्मी, गोदावरी र दक्षिणकाली नगरपालिकाबाट भने एउटा पनि मोटरसाइकल चोरी नभएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीको विस्तृत विश्लेषण पनि सार्वजनिक गरेको छ ।

जसअनुसार, शुक्रबार सबैभन्दा बढी मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । समयको आधारमा राति ९ बजेदेखि राति १२ बजेसम्म धेरै मोटरसाइकल चोरी भएको प्रहरीको विश्लेषण रहेको छ ।

भित्री सडकपेटी पार्किङमा राखिएका मोटरसाइकलहरु अत्यधिक चोरी हुँदा २२० सीसीको पल्सर मोटरसाइकल बढी चोरी भएको पनि प्रहरीले जनाएको छ । प्रहरी वृत्त बौद्धको वडा एरियामा सबैभन्दा बढी मोटरसाइकल चोरी भएको तथ्यांक पनि प्रहरीले सार्वजनिक गरेको छ ।

मा मोटरसाइकल चोरी भएका छन्। यो अवधिमा काठमाडौँ महानगरपालिका भित्रबाट ७४ वटा मोटरसाइकल हराएका छन्। काठमाडौं महानगरपालिकाको वडा नं ६ बाट १३ वटा र वडा नं १६ बाट १० वटा मोटरसाइकल हराएको प्रहरीले जानकारी दिएको छ।

शुक्रबार धेरै मोटरसाइकल चोरी भएको पनि उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ। बेलुका ९ बजेदेखि १२ बजेको बीचमा बढी मोटरसाइकल हराएका छन्। भित्रि सडकको पेटीमा पार्किङ गरेका मोटरसाइकल धेरै हराएका छन्।

२२० पल्सर मोटरसाइकल सबैभन्दा बढी चोरी भएको पनि प्हरीले जानकारी दिएको छ। काठमाडौंको बौद्ध क्षेत्र बढी असुरक्षित देखिएको छ। चोरी भएका मोटरसाइकल खोजि भइरहेको पनि प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?