रवि लामिछानेको पक्षमा विपक्षी दलहरु एकजुट, पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने

लोकपथ
315
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजे विपक्षी दलहरुले प्रतिवाद गर्ने भएका छन् ।

प्रमुख विपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान बोलाएको बैठकमा रवि लामिछानेको पक्राउको विषयले पनि प्रवेश पाएको थियो । सो विषय उठेपछि आफ्ना धारणा राख्ने क्रममा विपक्षी दलका नेताहरुले प्रतिवाद गर्ने बताएका हुन् । बैठकमा सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

रास्वपा नेताहरुले भने राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो गरेका थिए । बैठकपछि पत्रकारहरूसँग रास्वपा नेता विराजभक्त श्रेष्ठले निस्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवाहार स्वीकार्य नहुने बताए । ‘निष्पक्ष अनुसन्धानमा सहयोग गर्न तयार छु भनेर सभापतिज्यूले नै भन्नुभएको छ । उहाँहरू चाहिँ कतिखेर समात्दा ठीक हुन्छ भनेर बस्नु भएको जस्तो लागेको छ । यस्तै टाइम पार्ने हो उहाँहरूले । हामी फेस गर्न तयार छौं ।’

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि सहकारी ठगीको निहुँ बनाएर पक्राउ पुर्जी जारी गर्न लागिएकोबारे दलहरू गम्भीर रहेको बताए । माओवादी नेता शक्ति बस्नेतले कानुनी प्रक्रियाबाट अघि बढ्न कसैले अवरोध नगर्ने तर, राजनीतिक आग्रह–पूर्वाग्रका संकेत देखिए प्रतिवाद गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?