‘आर्थिक अनियमितता’ गरेको भन्दै मोरङ प्रहरी प्रमुख कार्कीलाई मुख्यालय तानियो

लोकपथ
126
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीलाई मुख्यालय तानेको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी उपरीक्षक राजन लिम्बुलाई पठाइएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले मोरङ प्रहरी प्रमुख कार्कीलाई जिम्मेवारीबाट हटाइएको पुष्टि गरे ।

प्रहरी स्रोतले कार्कीलाई आर्थिक अनियमितता गरेको आशंकामा तानिएको बताएको छ । उनीबारे छानबिन गर्न छानबिन समिति बनाउने तयारी प्रहरी मुख्यालयले गरिरहेको पनि उक्त स्रोतले जनाएको छ । तर प्रहरी प्रवक्ता कार्कीले भने आवश्यकता अनुसार तानिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?