बालिकालाई यौन व्यवसायमा लगाउने गेष्टहाउस सञ्चालक पक्राउ

लोकपथ
133
Shares

काठमाडौं । आर्थिक प्रलोभनमा पारी बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्कस्थित नीमा गेष्टहाउस सञ्चालन गर्दै आएका नुवाकोटको तादी गाउँपालिका–६ घर भएका २९ वर्षीय सुजन तामाङ रहेका छन् ।

उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बिहीबार सोही गेष्टहाउबाट पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार पीडित बालिकाले प्रति ग्राहक १ घण्टादेखि २ घण्टासम्म यौन सम्पर्क गरे वापत उनले २ देखि ३ हजार रुपैयाँ बुझ्ने गरेका थिए । साथै तामाङले ती पीडित बालिकालाई एक महिनादेखि गेष्टहाउसबाट बाहिर निस्कनसमेत नदिई यौन व्यवसायमा लगाएको प्रहरीले जनाएको छ ।

तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?