क्रिकेटर सन्दीप लामिछानेले पाए अमेरिकी भिसा

लोकपथ
161
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । भिसा पाएसँगै लामिछाने आज शुक्रबार नै अमेरिका प्रस्थान गर्ने भएका छन् ।

अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले यसअघि टी–२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागिता जनाउन पाएका थिएनन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपले भिसा पाएको औपचारिकरुपमै जनाएको छ । ‘इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) को कार्यक्रमअनुसार नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच यही अक्टोबर २५ देखि नोभेम्बर ४, २०२४ सम्म अमेरिकामा सञ्चालन हुने आईसीसी सीडब्लुसी लिग–२ प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासबाट भिसा प्राप्त भएको’ क्यानले विज्ञप्तिमार्फत जनाएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल र अमेरिकाबीच तीन खेलको टी–२० शृंखला आजदेखि सुरू भइसकेको छ । पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग–२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?