रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, २ सयभन्दा बढी प्रहरी रास्वपा कार्यालयमा

लोकपथ
420
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले शुक्रवार लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न पक्राउ पुर्जी गरेको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रवार लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति प्रदान गरेको हो । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा रहेको आरोपमा अनुसन्धानका लागि कास्की प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो ।

कास्की जिल्ला अदालतबाट लामिछानेलाई पक्राउ गर्न अनुमति पाए लगत्तै करिब २ सय प्रहरी रास्वपाको कार्यालयमा उपस्थित भएका छन् । रास्वपा पार्टी कार्यालय वनस्थलीमा रास्वपाको कार्यकर्ताको समेत उत्तिकै भीड जम्मा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?