म्याग्दी र बागलुङ जोड्ने सडककाे स्तरोन्नति सुरु

लोकपथ
63
Shares

म्याग्दी । म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिका जोड्ने दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ सडक स्तरोन्नति सुरु भएको छ ।  गण्डकी प्रदेश सरकारको बजेटबाट यो सडक आयोजनाअन्तर्गत पहिलो चरणमा मालिका गाउँपालिका–३ अदिभारादेखि औँला हुँदै डाडागाउँ–किटिनी क्षेत्रमा स्तरोन्नति हुन लागेको हो । 

पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले अदिभारातर्फबाट डोजर र मजदुर परिचालन गरेर सडक फराकिलो बनाउने, नाली, पर्खाल निर्माण थालेको मालिका गाउँपालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?